नेपालमा थप २०५९ जनामा कोरोना संक्रमण, १०८० जना डिस्चार्ज

७५ को भेन्टिलेटर, ३१८ जनाको आईसीयूमा उपचार
110
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप दुई हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टायता देशभर दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७३ हजार २३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ४५ हजार २३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ११ हजार १७६ जना र होम आइसोलेसनमा १५ हजार ८७७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७०३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि एकैदिन चार हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई हजार ६७५ जना डिस्चार्ज भएका थिए ।


  •  
  •  
  •