कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ६७ लाख नाघ्यो, १० लाख ६७ हजारको मृत्यु

२ करोड ८२ लाखबढी संक्रमणमुक्त, ८० लाखबढी सक्रिय संक्रमित
118
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ६७ लाख ७९ हजार ६ पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ६७ हजार २६८ पुगेको छ । विश्वभर २ करोड ७६ लाख ८२  हजार ६३१ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८० लाख २९ हजार १०७ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ७८ लाख ३३ हजार ७६३ जना पुगेको छ । २ लाख १७ हजार ७३८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५० लाख २५ हजार १९३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ९० हजार ८३२जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ६  हजार १५१ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार ५२१ पुगेको छ । ५९ लाख ६ हजार ६९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८ लाख ९३ हजार ५६१ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५० लाख २९  हजार ५३९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ४९ हजार ३४ को मृत्यु भएको छ । ४४ लाख १४ हजार ५६४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६५ हजार ९४१ जना रहेका छन् ।

रुसमा १२ लाख ७२ हजार २३८  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २२ हजार २५७ जनाको मृत्यु भएको छ । १० लाख ९ हजार ४२१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ४० हजार ५६० जना रहेका छन् ।

काेलम्बीया ८ लाख ८६ हजार १७९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २७ हजार ३३१ जनाको मृत्यु भएको छ । ७ लाख ७७ हजार ६५८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८१ हजार १९० जना रहेका छन् ।


  •  
  •  
  •