नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

110
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ७ जनासहित ५ महिला र १० जना पुरुष गरी १५ जना रहेका छन्।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकाका जिल्लाहरू काठमाडौंमा ६६ र ७२ वर्षीया महिला तथा ४५, ५३, ४६, र ६९ वर्षीय पुरुष रहेका छन्।

त्यस्तै ललितपुरमा ४६ वर्षीय पुरुषको मृत्यु भएको छ। साथै मोरङमा ४० र ६० वर्षीया, सिरहामा ७२ वर्षीया र दाङमा ७१ वर्षीया महिलाको मृत्यु  भएको छ। साथै, चितवनमा ६१ वर्षीय, रुपन्देहीमा ५५ वर्षीय र नवलपरासीमा ७६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोनाबाट कुल ५७८ जनाको मृत्यु भएको छ। यसअघि मंगलबार थप ९ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •