पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण

209
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १६७ संक्रमित थपिएको पुष्टि गरे ।

योसँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । यसअघि नेपालमा आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसअघिल्लो दिन शनिबार ७० जना, सोमबार १४४ जना र मंगलबार र बुधबार फेरि घटेर ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ । हाल धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् । पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै देशभरबाट ११ हजार २४९ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।


  •  
  •  
  •