नेपालमा थप ३४३९ जनामा कोरोना संक्रमण, ११२६ जना डिस्चार्ज

३७ को भेन्टिलेटर र २३३ जनाको आईसीयूमा राखेर उपचार
80
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप तीन हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टायता थप तीन हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । देशभर बुधबारसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार १२६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ११ लाख हजार १३ जनाको ४८७ पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन् । आजसम्म देशभर ४ हजार १५९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यसअघि नेपालमा मंगलबार देशभर एक हजार ५५१ कोरोना संक्रमित थपिएका थिए भने दुई हजार ३४० जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।


  •  
  •  
  •