कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ६० लाख नाघ्यो, १० लाख ५५ हजारको मृत्यु

२ करोड ७१ लाखबढी संक्रमणमुक्त, ७८ लाखबढी सक्रिय संक्रमित
117
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ६० लाख ७१ हजार २६१ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ५५ हजार ५५ पुगेको छ ।

विश्वभर २ करोड ७१ लाख ६३  हजार ९५५ जना उपचारपछि निको भएका छन् ।  हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७८ लाख ५२ हजार २५१ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ७७ लाख २३ हजार ७२१ जना पुगेको छ । २ लाख १५ हजार ८३६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४९ लाख ३५ हजार ५४५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ७२ हजार ३४० जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख ५७  हजार १३१ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४ हजार ५९१ पुगेको छ । ५७ लाख ४४ हजार ६९३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ७ हजार ८४७ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४९ लाख ७०  हजार ९५३ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ४७ हजार ५७१ को मृत्यु भएको छ । ४३ लाख ५२ हजार ८७१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ७० हजार ५११ जना रहेका छन् ।

रुसमा १२ लाख ४८ हजार ६१९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २१ हजार ८६५ जनाको मृत्यु भएको छ । ९ लाख ९५ हजार २७५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ३१ हजार ४७९ जना रहेका छन् ।

काेलम्बीया ८ लाख ६९ हजार ८०८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २७ हजार १७ जनाको मृत्यु भएको छ । ७ लाख ७० हजार ८१२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७१ हजार ९७९ जना रहेका छन् ।

 


  •  
  •  
  •