नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण, २३४० जना डिस्चार्ज

109
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप एक हजार ५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टायता देशभर एक हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३४० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९९ हजार २७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ११८ जना र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २२१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ४० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २४३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यसअघि सोमबार देशभर दुई हजार ४४० कोरोनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने एक हजार १३३ जना डिस्चार्ज भएका थिए । त्यसैगरी सोमबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •