कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ५७ लाख नाघ्यो, १० लाख ४६ हजारको मृत्यु

२ करोड ६८ लाखबढी संक्रमणमुक्त, ७७ लाखबढी सक्रिय संक्रमित
138
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ५७ लाख २१ हजार ७६१ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ४६ हजार २७३ पुगेको छ ।

विश्वभर २ करोड ६८ लाख ८४  हजार ७४६ जना उपचारपछि निको भएका छन् ।  हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७७ लाख ९० हजार ७४२ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ७६ लाख ७९ हजार ६४४ जना पुगेको छ । २ लाख १५ हजार ३२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४८ लाख ९५ हजार  ७८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ६९ हजार ५३४ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ६६ लाख ८५  हजार ८२ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३ हजार ६०० पुगेको छ । ५६ लाख ६२ हजार ४९० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख १८ हजार ९९२ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४९ लाख ४०  हजार ४९९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ४६ हजार ७७३  को मृत्यु भएको छ । ४२ लाख ९५ हजार ३०२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ९८ हजार ४२४ जना रहेका छन् ।

रुसमा १२ लाख ३७ हजार ५०४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २१ हजार ६६३ जनाको मृत्यु भएको छ । ९ लाख ८८ हजार ५७६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख २७ हजार २६५ जना रहेका छन् ।

काेलम्बीया ८ लाख ६२ हजार १५८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २६ हजार ८४४ जनाको मृत्यु भएको छ । ७ लाख ६६ हजार ३०० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ६९ हजार १४ जना रहेका छन् ।

 


  •  
  •  
  •