कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

100
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै १२ जना काठमाडौं र ललितपुरका मात्रै रहेका छन् ।

मृत्यु हुनेमा काठमाडौंमा ७६ ८१ र ८३ वर्षीया महिला तथा २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुष छन्। त्यस्तै ललितपुरका ३ वर्षीय बालकसहित ५५ र ७१ वर्षीय पुरुष रहेका छन्।

त्यस्तै सुनसरीमा ५५ वषीय पुरुष, पर्सामा ६५ वर्षीया महिला सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासीमा ३६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु  भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।
यसअघि आइतबार थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।


  •  
  •  
  •