नेपालमा थप दुई हजार ४४० जनामा कोरोना संक्रमण, एक हजार १३३ जना डिस्चार्ज

४३ भेन्टिलेटर र २४४ जनाकाे आईसीयूमा राखेर उपचार
107
  •  
  •  
  •  

काठमाडौं । नेपालमा सोमबार थप दुई हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टायता देशभर दुई हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार १३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६५ हजार २०२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ७८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ११ हजार १९१ जना र होम आइसोलेसनमा १२ हजार ३१६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ३३ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ४३ जनाको भेन्टिलेटर र २४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि आइतबार देशभर दुई हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक हजार ३२९ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •