कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ५४ लाख नाघ्यो, १० लाख ३८ हजारको मृत्यु

२ करोड ६५ लाखबढी संक्रमणमुक्त, ७७ लाखबढी सक्रिय संक्रमित
505
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ५४ लाख ६ हजार २९ पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ४१ हजार ८८१ पुगेको छ ।  विश्वभर २ करोड ६६ लाख ३१ हजार १५३ जना उपचारपछि निको भएका छन् ।  हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७७ लाख ३२ हजार ९९५ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ७६ लाख ३६ हजार ९१२ जना पुगेको छ । २ लाख १४ हजार ६११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४८ लाख ४९ हजार २६९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ७३ हजार ३२ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ६६ लाख २३ हजार ८१५ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २ हजार ७१४ पुगेको छ । ५५ लाख ८६ हजार ७०३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ३४ हजार ३९८ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४९ लाख १५ हजार २८९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ४६ हजार ३७५  को मृत्यु भएको छ । ४२ लाख ६३ हजार २०८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ५ हजार ७०६ जना रहेका छन् ।

रुसमा १२ लाख १५ हजार १ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २१ हजार ३५८ जनाको मृत्यु भएको छ । ९ लाख ७९ हजार १४३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख १४ हजार ५०० जना रहेका छन् ।

काेलम्बीया ८ लाख ५५ हजार ५२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २६ हजार ७१२ जनाको मृत्यु भएको छ । ७ लाख ६१ हजार ६७४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ६६ हजार ६६६ जना रहेका छन् ।

पेरुमा ८ लाख २८ हजार १६९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३२ हजार ७४२ जनाको मृत्यु भएको छ । ७ लाख ६ हजार २२३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८९ हजार २०४ जना रहेका छन् ।

 


  •  
  •  
  •