नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

137
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिलासहित थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौंका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरमा ५ दिनकी बालिका, बाँकेमा २५ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

यसअघि शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •