नेपालमा थप दुई हजार २५३ जनामा कोरोना संक्रमण, एक हजार ३२९ जना डिस्चार्ज

३४ को भेन्टिलेटर र २२६ जनाको आईसीयूमा राखेर उपचार
104
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप दुई हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टायता देशभर दुई हजार २५३ संक्रमित थपिएको बताए ।

यससँगै कुल संक्रमितको संख्या ८६ हजार ८१३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ३२९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ०७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ७४ हजार ४४८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ३२६ जना र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २०३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि शनिबार दुई हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई हजार ४४ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •