कोभिड–१९(अपडेट): संक्रमितको संख्या १ करोड ३५ लाख नाघ्यो, ५ लाख ८४ हजार बढीको मृत्यु

७५ लाख ५९ हजार ४ सय ५७ जना उपचारपछि निको
169
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३५ लाख नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कुल संक्रमितको संख्या एक करोड ३५ लाख, ५६ हजार २ सय २ पु्गेको छ ।

यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ५ लाख ८४ हजार १ सय ३९ पुगेको छ । विश्वभर ७५ लाख ५९ हजार ४ सय ५७ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ३४ लाख ९९ हजार २ सय ९१ जना पुगेको छ । १ लाख ३७ हजार ४ सय १९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १० लाख ७५ हजार ८८२ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ १९ लाख, ६६ हजार ७ सय ४८ जना संक्रमित भएका छन् । त्यसमध्ये ७५ हजार ३ सय ६६ को मृत्यु भएको छ । १३ लाख ५० हजार ९८ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजार ८ सय ५७ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ हजार ९ सय १४ पुगेको छ । ६ लाख १२ हजार ७ सय ६८ जना उपचारपछि निको भएका छन् ।

रुसमा ७ लाख ४५ हजार १ सय ९७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ११ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ । ५ लाख २२ हजार ३ सय ७५ जना उपचारपछि निको भएका छन् ।

पेरुमा ३ लाख ३७ हजार ७ सय ५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १२ हजार ४१७  जनाको मृत्यु भएको छ । २ लाख २६ हजार ७०० जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •