कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ५१ लाख नाघ्यो, १० लाख ३८ हजारको मृत्यु

२ करोड ६१ लाखबढी संक्रमणमुक्त, ७९ लाखबढी सक्रिय संक्रमित
417
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ५१ लाख ६० हजार ५९८ पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ३८ हजार २८५ पुगेको छ ।  विश्वभर २ करोड ६१ लाख ५२ हजार ७२४ जना उपचारपछि निको भएका छन् ।  हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७९ लाख ६९ हजार ५८९ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ७६ लाख ८४६ जना पुगेको छ । २ लाख १४ हजार २७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४८ लाख १८ हजार ५०९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ६८ हजार ६० जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ६५ लाख ५३ हजार २७ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १ हजार ८४१ पुगेको छ । ५५ लाख ९ हजार ९६६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ४१ हजार २२० जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४९ लाख ६ हजार ८३३ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ४६ हजार ११ को मृत्यु भएको छ । ४२ लाख ४८ हजार ५७४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख १२ हजार २४८ जना रहेका छन् ।

रुसमा १२ लाख १५ हजार १ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २१ हजार ३५८ जनाको मृत्यु भएको छ । ९ लाख ७९ हजार १४३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख १४ हजार ५०० जना रहेका छन् ।

काेलम्बीया ८ लाख ४८ हजार १४७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २६ हजार ५५६ जनाको मृत्यु भएको छ । ७ लाख ५७ हजार ८०१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ६३ हजार ७९० जना रहेका छन् ।

पेरुमा ८ लाख २८ हजार ९८५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३२ हजार ६६५ जनाको मृत्यु भएको छ । ७ लाख ८६८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९१  हजार ४५२ जना रहेका छन् ।

 


  •  
  •  
  •