कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

126
  •  
  •  
  •  

काठमाडौं । शनिबार कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना महिला र ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा चितवनकी ७६ वर्षीया र सुनसरीकी २८ वर्षीया महिला रहेका छन्। त्यस्तै ललितपुरका ६७ वर्षीय, काठमाडौंका ८३ र ६८ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्य भएको छ। यससँगै नेपालमा कोरोनाबट मृत्यु हुनेको कुल संख्या ५२८ पुगेको छ। यसअघि शुक्रबार थप ११ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •