प्रधानमन्त्रीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण

126
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहाकार र प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ । परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई कोरोना संक्रमण देखिएको छ। उनले शुक्रबार पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए।

उनले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जनाएका हुन्। उनले यसबीचमा सम्पर्कमा आएका सबैलाई पिसिआर परीक्षण गर्न अनुरोध गरेका छन्।

उनीसहित प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले स्वाब दिएका थिए। उनीहरू दुवैलाई संक्रमण पुष्टि भएको छ। उनीहरुले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएका हुन् । रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत ट्विटरमा भनेका छन्हि‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।’

थापाले पनि फेसबुकमा भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।’

यस्तै, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ।

प्रधानमन्त्री निवासमा खटिएका दर्जनबढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि उनीहरू कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।  यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो।


  •  
  •  
  •