नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण, २ हजार ४४ जना डिस्चार्ज

99
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टायता थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८४५७० जना पुगेको छ।

शनिबार थप २०४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६२७४० जना पुगेको छ । यो ७४ दशमलव १ प्रतिशत हो। हाल मुलुकमा २१३०२ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ९७७३ जना संस्थागत र ११५२९ जना होम आइसोलेसनमा रहेका छन्।

आज १२९७८ वटा पीसीआर परीक्षण गरिएको छ। हालसम्म कुल १०६१६६४ वटा पीसीआर परीक्षण भएको छ। त्यस्तै क्वारेन्टिनमा ४२७३ जना रहेका छन्। आईसीयूमा २१७ जना र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको छ। यसअघि शुक्रबार नेपालमा एकैदिन २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ३३०७ जना डिस्चार्ज भएका थिए ।


  •  
  •  
  •