काठमाडौं उपत्यकामा थप १६३८ जनामा कोरोना संक्रमण

88
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन १६३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो अहिलेसम्मकै धेरै हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकामध्ये काठमाडौंका मात्र १२८० जना रहेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ४७० महिला र ८१० पुरुष, भक्तपुरमा ८० महिला र ११६ पुरुष तथा ललितपुरमा ७७ महिला र ८५ पुरुषमा संक्रमण पुष्टि भएको छ। यसअघि बिहीबार उपत्यकामा ९ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •