नेपालमा एकै दिन थपिए २७२२ कोरोना संक्रमित, ३३०७ जना डिस्चार्ज(हेर्नुहोस् कहाँ, कति संक्रमित ?)

97
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टायता थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित हो ।योसँगै कोरोना संक्रमित हुनेको संख्या ८२४५० जना पुगेको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३०७ जना निको भएका छन्। यससँगै नेपालमा निको हुनेको संख्या ६०६९६ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितकाे संख्या २१२३४ छ। यसमध्ये ९४७४ जना संस्थागत आइसोलेसनमा र ११७६० जना होम आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टायता १४७३९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ। यससँगै हालसम्म नेपालमा १०४८६८६ पुगेको छ। त्यस्तै क्वारेन्टिनमा ४८८५ जना रहेका छन्।


  •  
  •  
  •