कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

66
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टायता थप ११ जनाको मृत्यु भएको बताए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ। मृतकमध्ये ४ जना काठमाडौं उपत्यकाका छन्।

मृत्यु हुनेमा काठमाडौंमा ६८ र ७८ वर्षीय पुरुष छन् भने भक्तपुरका ६८ र ललितपुरका ४८ वर्षीय पुरुष छन्।  त्यस्तै सुनसरीका २७, ५० र ५६ वर्षीय पुरुष र बाँकेकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ। यसैगरी, रूपन्देहीका ४२, ५५ र ८० वर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •