कोभिड-१९(अपडेट): विश्वभर संक्रमितको संख्या ३ करोड ४१लाख नाघ्यो, १० लाख १८ हजारको मृत्यु

२ करोड ५४ लाखबढी संक्रमणमुक्त, ७७ लाखबढी सक्रिय संक्रमित
72
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ४१ लाख ७२ हजार ८२० पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख १८ हजार ९५७ पुगेको छ ।  विश्वभर २ करोड ५४ लाख ३८ हजा र ६७४ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७७ लाख १५ हजार १८९ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ७४ लाख ४७ हजार ६९३ जना पुगेको छ । २ लाख ११ हजार ७४६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४७ लाख  ७४६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ३५ हजार  १९५ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख १२ हजार ५८४ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८ हजार ७०८ पुगेको छ । ५२ लाख ७३ हजार २०१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ४० हजार ६७५ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४८ लाख १३ हजार ५८६ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ४३ हजार ९६२ को मृत्यु भएको छ । ४१ लाख ८० हजार ३७६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ८९ हजार २४८ जना रहेका छन् ।

रुसमा ११ लाख ७६ हजार २८६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २० हजार ७२२ जनाको मृत्यु भएको छ । ९ लाख ५८ हजार २५७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ९७ हजार ३०७ जना रहेका छन् ।

काेलम्बीया ८ लाख २९ हजार ६७९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २५ हजार ९९८ जनाको मृत्यु भएको छ । ७ लाख ४३ हजार ६५३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ६० हजार २८ जना रहेका छन् ।

पेरुमा ८ लाख १४ हजार ८२९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३२ हजार ४६३ जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ८१५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९८  हजार ५५१ जना रहेका छन् ।


  •  
  •  
  •