कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

98
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बुधबार कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंमा ३४ र ८६ वर्षीया महिला छन् भने ५४ वर्षीय पुरुष रहेका छन्।

यस्तै सुनसरीमा ६० वर्षीय, सप्तरीमा ६० वर्षीय र रुपन्देहीमा ८२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। यसअघि मंगलबार कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •