नेपालमा थप १५५९ जनामा कोरोना संक्रमण, १०५७ जना डिस्चार्ज

३० जनाको भेन्टिलेटर र २०१ जनाको आईसीयूमा राखेर उपचार
71
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बुधबार थप एक हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टायता देशभर थप एक हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । हाल देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ । बुधबार एक हजार ५७ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ जना पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टायता देशभरका प्रयोगशालाहरुमा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४२८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २०१ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि मंगलबार देशभरबाट एक हजार ५१३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ७३१ जना डिस्चार्ज भएका थिए ।  कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •