कोभिड-१९(अपडेट): विश्वभर संक्रमितको संख्या ३ करोड ३८ लाख नाघ्यो, २ करोड ५१ लाखबढी संक्रमणमुक्त

125
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ३८ लाख ५२ हजार ४८ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख १२ हजार ७४३ पुगेको छ । विश्वभर २ करोड ५१ लाख ५७ हजार ६६० जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७६ लाख ८१ हजार ६४५ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ७४ लाख ६ हजार ७२९ जना पुगेको छ । २ लाख १० हजार ७९७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४६ लाख ४९ हजार ५२१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ४६ हजार  ४११जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ६२ लाख २५ हजार ७६३ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९७ हजार ५२९ पुगेको छ । ५१ लाख ८७ हजार ८२५  जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ४० हजार ४०९ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४७ लाख ८० हजार ३१७ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ४३ हजार १० को मृत्यु भएको छ । ४१ लाख ३५ हजार ८८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख २ हजार २१९ जना रहेका छन् ।

रुसमा ११ लाख ६७ हजार ८०५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २० हजार ५४५ जनाको मृत्यु भएको छ । ९ लाख ५२ हजार ३९९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ९४ हजार ८६१ जना रहेका छन् ।

काेलम्बीया ८ लाख २४ हजार ४२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २५ हजार ८२८ जनाको मृत्यु भएको छ । ७ लाख ३४ हजार १५४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ६४ हजार ६० जना रहेका छन् ।

पेरुमा ८ लाख ११ हजार ७६७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३२ हजार ३९६ जनाको मृत्यु भएको छ । ६ लाख ७६ हजार ९२५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख २ हजार ४४७ जना रहेका छन् ।


  •  
  •  
  •