नेपालमा थप १५१३ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज

३४ काे भेन्टिलेटर र २१३ जनाकाे आईसीयूमा राखेर उपचार
80
  •  
  •  
  •  

काठमाडौं । नेपालमा मंगलबार थप एक हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टायता थप एक हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७३१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८९१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । आजसम्म देशभर हजार जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २१३ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि सोमबार देशभर एक हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७४२ जना डिस्चार्ज भएका थिए । यस्तै ४ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •