कोभिड-१९(अपडेट): विश्वभर ३ करोड ३५ लाख संक्रमित, २ करोड ४८ लाखबढी संक्रमणमुक्त

67
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ३५ लाख ५८ हजार ७ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ६ हजार ४७१ पुगेको छ । विश्वभर २ करोड ४८ लाख ८२ हजार २५७ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७६ लाख ६९ हजार २७९ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ७३ लाख ६१ हजार ६३३ जना पुगेको छ । २ लाख ९ हजार ८०८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४६ लाख ९ हजार ६३६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ४२ हजार १८९ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ६१ लाख ४५ हजार २९१ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६ हजार ३५१ पुगेको छ । ५१ लाख १ हजार ३९७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ४७ हजार ५४३ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४७ लाख ४८ हजार ३२७ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ४२ हजार १६१ को मृत्यु भएको छ । ४० लाख ८४ हजार १८२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख २१ हजार ९८४ जना रहेका छन् ।

रुसमा ११ लाख ५९ हजार ५७३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २० हजार ३८५ जनाको मृत्यु भएको छ । ९ लाख ४५ हजार ९२० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ९३ हजार २६८ जना रहेका छन् ।

काेलम्बीया ८ लाख १८ हजार २०३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २५ हजार ६४१ जनाको मृत्यु भएको छ । ७ लाख २२ हजार ५३६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७० हजार २६ जना रहेका छन् ।

पेरुमा ८ लाख ८ हजार ७१४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३२ हजार ३२४ जनाको मृत्यु भएको छ । ६ लाख ७०  हजार ९८९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार ४०१ जना रहेका छन् ।


  •  
  •  
  •