कोभिड–१९(अपडेट): संक्रमितको संख्या १ करोड २९ लाख नाघ्यो, ५ लाख ६९ हजार बढीको मृत्यु

७१ लाख १६ हजार ९ सय ५७ जना उपचारपछि निको
267
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड २९ लाख नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कुल संक्रमितको संख्या एक करोड २९ लाख, १० हजार ३ सय ७५ पु्गेको छ ।

यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ५ लाख ६९ हजार १ सय २८ पुगेको छ । विश्वभर ७१ लाख १६ हजार ९ सय ५७ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ३३ लाख ४ हजार ९ सय ४२ जना पुगेको छ । १ लाख ३५ हजार २ सय ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १० लाख ६ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ १८ लाख, ६४ हजार ६ सय ८१ जना संक्रमित भएका छन् । त्यसमध्ये ७२ हजार १ सयको मृत्यु भएको छ । १२ लाख ६४ हजार ८४३ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८ लाख ७८ हजार २ सय ५४ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ हजार १ सय ७४ पुगेको छ । ५ लाख ५३ हजार ४ सय ७१ जना उपचारपछि निको भएका छन् ।

रुसमा ७ लाख २६ हजार ३६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ११ हजार ३ सय १८ जनाको मृत्यु भएको छ । ५ लाख २ सय ८ जना उपचारपछि निको भएका छन् ।

पेरुमा ३ लाख २६ हजार ३ सय २६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ११ हजार ८७० जनाको मृत्यु भएको छ ।
२ लाख १७ हजार १११ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •