कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

90
  •  
  •  
  •  

काठमाडौं । कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई महिला र दुई पुरुष गरी थप ४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षीया महिला तथा बाँकेमा ४७ वर्षीय पुरुष र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ।
यसअघि आइतबार थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।


  •  
  •  
  •