नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना संक्रमणमुक्त

३१ भेन्टिलेटर र २२५ जनाको आईसीयूमा राखेर उपचार
91
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टायता थप एक हजार ३५१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रवक्ता डा.जागेश्‍वर गौतमले सोमबार थप एक हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० जना पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ९८ हजार ४०७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ६९५ जना र होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ३१० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३१ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि आइतबार देशभर एक हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ८८५ जना डिस्चार्ज भएका थिए । थप १० जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •