कोभिड-१९(अपडेट): विश्वभर संक्रमितको संख्या ३ करोड ३२ लाख पुग्याे

104
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ३२ लाख २८ हजार ८३३ पुगेकाे छ ।
वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख २ हजार ६७० पुगेको छ । विश्वभर २ करोड ४६ लाख ४७ हजार ७०० जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७६ लाख ७८ हजार ४६३ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ७३ लाख २१ हजार ४६५ जना पुगेको छ । २ लाख ९ हजार ४५४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४५ लाख ६० हजार ७४२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ५१ हजार २६९ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ६० लाख ७४ हजार ७०२ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ५७४ पुगेको छ । ५० लाख १६ हजार ५२० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ६२ हजार ६६० जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४७ लाख ३२ हजार ३०९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ४१ हजार ७७६ को मृत्यु भएको छ । ४० लाख ६० हजार ८८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ३० हजार ४४५ जना रहेका छन् ।

रुसमा ११ लाख ५९ हजार ५७३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २० हजार ३८५ जनाको मृत्यु भएको छ । ९ लाख ४५ हजार ९२० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ९३ हजार २६८ जना रहेका छन् ।

काेलम्बीया ८ लाख १३ हजार ५६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २५ हजार ४८८ जनाको मृत्यु भएको छ । ७ लाख ११ हजार ४७२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७६ हजार ९६ जना रहेका छन् ।

पेरुमा ८ लाख ५ हजार ३०२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३२ हजार २६२ जनाको मृत्यु भएको छ । ६ लाख ६४  हजार ४९० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ५५० जना रहेका छन् ।


  •  
  •  
  •