कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

106
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका पाँचसहित थप १० जनाको मृत्यु भएको हो ।

फाइल तस्बिर

मन्त्रालयका अनुसार मृत्यु हुनेमा बाराका २० वर्षीय, ललितपुरका ४४ र ७२ वर्षीय, रुपन्देहीका ७२ वर्षीय, बर्दियाका ६३ र ५० वर्षीय, अछामका ३४ वर्षीय र काठमाडौंका ६१, ६२ वर्षीय पुरुष र ५० वर्षीया महिला रहेका छन्।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ। यसअघि शनिबार थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।


  •  
  •  
  •