कोभिड-१९(अपडेट): विश्वभर २ करोड ३९ लाखबढी संक्रमणमुक्त

112
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ३० लाख ७२ हजार १२७ पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख  ९८ हजार  ९२७ पुगेको छ । विश्वभर २ करोड ४४ लाख १६ हजार २२ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७६ लाख ५७ हजार १७८ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ७२ लाख ८७ हजार ५९३ जना पुगेको छ । २ लाख ९ हजार १७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४५ लाख २४ हजार १०८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ५४ हजार ३०८ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ९२ हजार ५३२ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९४ हजार  ५३४ पुगेको छ । ४९ लाख ४१ हजार ६२७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ५६ हजार ३७१ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४७ लाख १८  हजार ११५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ४१ हजार ४४१ को मृत्यु भएको छ । ४० लाख  ५० हजार ८३७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख २५ हजार ८३७ जना रहेका छन् ।

रुसमा ११ लाख ५१ हजार ४३८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २० हजार ३२४ जनाको मृत्यु भएको छ । ९ लाख ४३ हजार २१८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ८७ हजार ८९६ जना रहेका छन् ।

काेलम्बीया ८ लाख ६ हजार ३८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २५ हजार २९६ जनाको मृत्यु भएको छ । ७ लाख ११२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८०  हजार ६३० जना रहेका छन् ।

पेरुमा ८ लाख १४२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३२ हजार १४२ जनाको मृत्यु भएको छ । ६ लाख ५७ हजार ८३६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख १० हजार १६४ जना रहेका छन् ।


  •  
  •  
  •