कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

88
  •  
  •  
  •  

काठमाडौं । कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीमा ६३ वर्षीय, काठमाडौंमा २० र ७४ वर्षीय, भक्तपुरमा ८८ वर्षीय, मकवानपुरमा ७४ वर्षीय, ललितपुरमा ७६ वर्षीय, रुपन्देहीमा ७२ वर्षीय र कैलालीमा ३० वर्षीय पुरुष रहेका छन्।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ जना पुगेको छ। यसअघि शुक्रबार कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •