नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण, ११४७ जना डिस्चार्ज

76
  •  
  •  
  •  

काठमाडौं । नेपालमा शनिबार थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबार थप १ हजार १४७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।
कुल संक्रमितमध्ये निको हुनेको दर ७३।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ।

 


  •  
  •  
  •