नेपालमा कोभिड–१९ः थप ७० जनामा संक्रमण, ४३१ जना संक्रमणमुक्त

256
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको जानकारी गराए ।

यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको छ । संक्रमितमध्ये शनिबार काठमाडौंका ३ जना रहेका छन् । यसैगरी धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेको छ ।

गौतमका अनुसार बितेको २४ घण्टामा थप ४३१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार ४४२ पुगेको हो ।

नेपालमा कोरोना संक्रमित मध्ये निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।


  •  
  •  
  •