कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

73
  •  
  •  
  •  

काठमाडौं । नेपालमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङका ५५ वर्षीय पुरुष र ६० वर्षीया महिला, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंका ७५ वर्षीया महिला र कपिलवस्तुमा ७० वर्षीया महिला रहेका छन्।

यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ जना पुगेको छ।
यसअघि बिहीबार थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।


  •  
  •  
  •