नेपालमा थप एक हजार ३१३ जनामा कोरोना संक्रमण, १४ सय ५५ जना डिस्चार्ज

३९ जनाको भेन्टिलेटर र २२७ जनाको आईसीयूमा राखेर उपचार
102
  •  
  •  
  •  

काठमाडौं । नेपालमा शुक्रबार थप एक हजार ३ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले २४ घण्टायता देशभर एक हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ४५५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म ५१ हजार ८६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २६२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ९ लाख ६५ हजार २८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार २३७ जना र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ४६४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३९ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि बिहीबार देशभर एक हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४५७ जना डिस्चार्ज भएका थिए । देशभर १७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो।


  •  
  •  
  •