कोभिड-१९(अपडेट):संक्रमितको संख्या ३ करोड २४ लाख नाघ्यो, २ करोड ३९ लाखबढी संक्रमणमुक्त

87
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २४ लाख २४ हजार ४२१ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख  ८७ हजार  ८९६ पुगेको छ । विश्वभर २ करोड ३९ लाख ३४ हजार ९०७ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७५ लाख १ हजार ६१८ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ७१ लाख ८५ हजार ५१६ जना पुगेको छ । २ लाख ७ हजार ५३८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४४ लाख ३७ हजार ५७५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ४० हजार ४०३ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १८ हजार ५७० पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२ हजार ३१७ पुगेको छ । ४७ लाख ५६ हजार १६४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ७० हजार ८९ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४६ लाख ५९  हजार ९०९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३९ हजार ८८३ को मृत्यु भएको छ । ४० लाख  २३ हजार ७८९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ९६ हजार २३७ जना रहेका छन् ।

रुसमा ११ लाख २८ हजार ८३६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १९ हजार ९४८ जनाको मृत्यु भएको छ । ९ लाख २९ हजार ८२९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७९ हजार ५९ जना रहेका छन् ।

काेलम्बीया ७ लाख ९० हजार ८२३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २४ हजार ९२४ जनाको मृत्यु भएको छ । ६ लाख ७४ हजार ९६१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९०  हजार ९३८ जना रहेका छन् ।

पेरुमा ७ लाख ८८ हजार ९३० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ हजार ९३८ जनाको मृत्यु भएको छ । ६ लाख ४४ हजार ३४५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख १२ हजार ६४७ जना रहेका छन् ।


  •  
  •  
  •