कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको मृत्यु

100
  •  
  •  
  •  

काठमाडौं । नेपालमा २४ घण्टायता कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका ६८ वर्षीया महिला र ८० वर्षीय, ७९ वर्षीय र ७५ वर्षीय पुरुष रहेका छन्।

यस्तै, मोरङका ५५ वर्षीया महिला, झापाका ७८ वर्षीय पुरुष, सुनसरीका ८१ वर्षीया महिला र धनुषाका ६८ वर्षीया र ७० वर्षीय पुरुषको मृत्यु भएको छ।

यसैगरी, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय महिला र ८४ वर्षीय पुरुष, धादिङका ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कपिलवस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।
यसअघि कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •