नेपालमा थप एक हजार ४९७ जनामा कोरोना संक्रमण, ४ सय ५७ जना डिस्चार्ज

२८ को भेन्टिलेटर र २३२ जनाकाे आईसीयूमा राखेर उपचार
80
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बिहीबार थप एक हजार ४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले २४ घण्टायता देशभर एक हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । पछिल्लो २४ घण्टामा ४५७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ५६५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यसअघि बुधबार नेपालमा थप एक हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक हजार ८९३ जना डिस्चार्ज भएका थिए ।


  •  
  •  
  •