कोभिड-१९(अपडेट):संक्रमितको संख्या ३ करोड २१ लाख नाघ्यो, २ करोड ३६ लाखबढी संक्रमणमुक्त

92
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २१ लाख १० हजार ९०१ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख  ८२ हजार १९६ पुगेको छ ।

विश्वभर २ करोड ३६ लाख ९२ हजार १५ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७४ लाख ३६ हजार ६९० जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ७१ लाख ३९ हजार ५५३ जना पुगेको छ । २ लाख ६ हजार ५९३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४३ लाख ९८ हजार ९०७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ३४ हजार ५३ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ३२ हजार ५१४ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ हजार १७३ पुगेको छ । ४६ लाख ७४ हजार ९८७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ६६ हजार ३५८ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४६ लाख २७  हजार ७८० जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३९ हजार ६५ को मृत्यु भएको छ । ३९ लाख  ९२ हजार ८८६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ९५ हजार ८२९ जना रहेका छन् ।

रुसमा ११ लाख २८ हजार ८३६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १९ हजार ९४८ जनाको मृत्यु भएको छ । ९ लाख २९ हजार ८२९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७९ हजार ५९ जना रहेका छन् ।

काेलम्बीया ७ लाख ८४ हजार २६८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २४ हजार ७४६ जनाको मृत्यु भएको छ । ६ लाख ६२ हजार २७७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९७  हजार २४५ जना रहेका छन् ।

पेरुमा ७ लाख ८२ हजार ६९५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ हजार ८७० जनाको मृत्यु भएको छ । ६ लाख ३६ हजार ४८९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५५६ जना रहेका छन् ।


  •  
  •  
  •