नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु

76
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंमा ६८ वर्षीया महिला र १६ वर्षीय एक पुरुष रहेका छन्। त्यसैगरी झापाका ८६ वर्षीय, सिराहाका ५० वर्षीय, ललितपुरका ७४ वर्षीय र बर्दियका ६४ र ३९ वर्षीय पुरुष रहेका छन् ।

यससँगै मुलुकमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ४३६ पुगेको छ। यसअघि मंगलबार थप दुई जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •