कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड १७ लाख नाघ्यो, २ करोड ३४ लाखबढी संक्रमणमुक्त

103
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड १७ लाख ९३ हजार ७९० पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख ७५ हजार ६१९ पुगेको छ ।

Coronavirus Infected Swab Test Sample in Doctor Hands. COVID-19 Epidemic and Virus Outbreak.

विश्वभर २ करोड ३४ लाख ४ हजार ४७३ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७४ लाख १३ हजार ६९८ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ७० लाख ९८ हजार २९१ जना पुगेको छ । २ लाख ५ हजार ४७८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४३ लाख ४७ हजार १७२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ४५ हजार ६४१ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ५६ लाख ५० हजार ५४० पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० हजार ७७ पुगेको छ । ४५ लाख ८७ हजार ६१३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ७२ हजार ८५० जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४५ लाख ९५  हजार ३३५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३८ हजार १५९ को मृत्यु भएको छ । ३९ लाख  ४५ हजार ६२७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५  लाख ११ हजार ५४९ जना रहेका छन् ।

रुसमा ११ लाख १५ हजार ८१० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १९ हजार ६४९ जनाको मृत्यु भएको छ । ९ लाख १७ हजार ९४९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७८ हजार २१२ जना रहेका छन् ।

काेलम्बीया ७ लाख ७७ हजार ५३७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २४ हजार ५७० जनाको मृत्यु भएको छ । ६ लाख ५० हजार ८०१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख २ हजार १६६ जना रहेका छन् ।

पेरुमा ७ लाख ७६ हजार ५४६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ हजार ५८६ जनाको मृत्यु भएको छ । ६ लाख २९ हजार ९४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८६६ जना रहेका छन् ।


  •  
  •  
  •