कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

82
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीय एक पुरुष र काभ्रेकी ५० वर्षीया एक महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ। यसअघि सोमबार थप १६ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •