नेपालमा थप एक हजार ३५६ जनामा कोरोना संक्रमण, ८२३ जना डिस्चार्ज

३७ जना भेन्टिलेटर र २२३ जनाकाे आईसीयूमा राखेर उपचार
93
  •  
  •  
  •  

काठमाडौं । नेपालमा मंगलबार थप एक हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टायता देशभर एक हजार ३५६ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्इा संख्या ६६ हजार ६३२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८२३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ३४ हजार ९७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार १९३ जना र होम आइसोलेसनमा ८ हजार ९४९ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १७१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि सोमबार देशभर एक हजार १५४ कोरोना संक्रमित थपिएका थिए भने एक हजार जनालाई डिस्चार्ज भएका थिए ।


  •  
  •  
  •