नेपालमा थप ४ सय ७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार ५ सय १९ पुग्यो

126
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बिहीबार थप ४ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ७३जना कोरोना संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमितमा १ सय ९ महिला र ३ सय ६४ पुरुष रहेका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले जानकारी गराए ।
हाल देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि पाँच हजार ३ सय २० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६ सय ६४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरका २५ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म दुई लाख ३७ हजार ७६४ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ६२० जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा चार हजार ५३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ३८ हजार १०९ मानिसहरु रहेका छन् भने आइसोलसनमा १० हजार १३७ कोरोना संक्रमितहरु रहेका छन् ।

कहाँ कहाँ थपिए कोरोना संक्रमित ?

मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका ३ जना पुरुष र मोरङका ४ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना पुरुष, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका एक महिला र ९ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ जना महिला र २६ जना पुरुष, महोत्तरीका एक महिला र १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका ५ महिला र २६ जना पुरुष, बझाङका ११ जना महिला र २४ जना पुरुष, डोटीका १० महिला र ४८ जना पुरुष, कैलालीका ४० जना महिला र १ सय २५ पुरुष, कंचनपुरका ६ जना महिला र २५ जना पुरुष र खोटाङका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा ललितपुरका एकजना पुरुष, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका एक महिला र एकजना पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा गरिएको परीक्षणमा बर्दियाका एकजना महिला, भक्तपुरका २ जना पुरुष, दाङका २ जना पुरुष, धादिङका एकजना महिला, दोलखाका एक जना महिला र एकजना पुरुष, गोरखाका एकजना पुरुष, काठमाडौंका १७ जना महिला र ११ जना पुरुष, काभ्रेका एक पुरुष रललितपुरका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मकवनपुरका एकजना महिला,पाल्पाका एकजना महिला, रामेछापका एकजना पुरुष, रुपन्देहीका एकजना पुरुष, सिन्धुलीका एकजना पुरुष, उदयपुरका एकजना महिला,नवलपरासीका एकजना पुरुष, सिन्धुपाल्चोकका एकजना पुरुष, अर्घाखाँचीका २ जना पुरुष र सुनसरीका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै टेकु अस्पतालको प्रयोगशालामा नुवाकोटका एकजना पुरुष, रसुवाका एकजना महिला रसिन्धुपाल्चोकका एक महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना पुरुष, पर्वतका २ जना पुरुष, तनहुँका ३ जना पुरुष र स्याङ्जाका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एकजना पुरुष, लमजुङका एकजना महिला र १५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ जना पुरुष, स्वास्थ्य सेवा कार्यालय दैलेखमा गरिएको परीक्षणमा दैलेखका ३ जना पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।


  •  
  •  
  •