विश्व कोभिड-१९(अपडेट):संक्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो, २ करोड २८ लाखबढी संक्रमणमुक्त

98
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड १२ लाख ५४ हजार ६८८ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख ६५ हजार १९९ पुगेको छ । विश्वभर २ करोड २८ लाख ३९ हजार १४० जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७४ लाख ५० हजार ३४९ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ७० लाख ४ हजार ७६८ जना पुगेको छ । २ लाख ४ हजार ११८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४२ लाख ५० हजार १४० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ५१० जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ८७ हजार ५८० पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७ हजार ९०९ पुगेको छ । ४३ लाख ९६ हजार ३९९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १० लाख ३ हजार २७२ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४५ लाख ४४ हजार ६२९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३६ हजार ८९५ को मृत्यु भएको छ । ३८ लाख  ५१ हजार २२७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५  लाख ५६ हजार ५०७ जना रहेका छन् ।

रुसमा ११ लाख ९ हजार ५९५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १९ हजार ४८९ जनाको मृत्यु भएको छ । ९ लाख ११ हजार ९७३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७८ हजार १३३ जना रहेका छन् ।

पेरुमा ७ लाख ६८ हजार ८९५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ हजार ३६९ जनाको मृत्यु भएको छ । ६ लाख १५ हजार २५५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख २२ हजार २७१ जना रहेका छन् ।


  •  
  •  
  •