काठमाडौं उपत्यकामा थप ७ सय ६७ जनामा कोरोना संक्रमण

69
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका मात्र ६०२ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ३७२ पुरुष, भक्तपुरमा ४१ महिला र ६० पुरुष तथा ललितपुरमा ३४ महिला र ३० पुरुषमा संक्रमण पुष्टि भएको छ।

यसअघि शनिबार उपत्यकामा ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •