नेपालमा थप एक हजार ३२५ जनामा कोरोना संक्रमण, ९ सय ६६ जना डिस्चार्ज

92
  •  
  •  
  •  

काठमाडौं । नेपालमा आइतबार थप एक हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले २४ घण्टायता देशभर एक हजार ३२५ संक्रमित थपिएको बताए । योसँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । आइतबार थप ९६६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ जना पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख १४ हजार २९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ४०७ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ४५१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि शनिबार देशभर एक हजार २०४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १४ सय ४७ जना डिस्चार्ज भएका थिए ।


  •  
  •  
  •